पासवर्ड टाइप गर्ने समय युवकको साथीले टाउको अर्को तिर घुमाएन, पुरा देशमा भैरहेको छ थू-थू

१२ जान, २०१८ By फेक इट नेपाल

काठमाडौं । यदी कोई आफ्नो ल्यापटप वा मोबाईलमा कुनै कुरा को पासवर्ड टाइप गरिरहेको हुन्छ भने सोझो मान्छे अर्को साईड तिर टाउको घुमाउछन्। यो सैयो बर्ष देखी चलेको चलन हो । तर हिजो काठमाडौंबासी चासो बहादुरले त्यो चलिआएको
चलन माथि कलन्क लगाएको जानकारी Fake It Nepal ले प्रप्त गरेको छ ।

चासो बहादुरको साथी फेस्बूक बहादुरले जब आफ्नो फकेबूकमा पास्वर्ड टाईप गर्दै थियो तब चासो बहादुर टाउको अरु तिर घुमाउनुको बद्ला  लजास्पद तरिकले पास्वर्ड टाईप गरेको नै हेरिरहयो। यो देखेपछी फेस्बूक बहादुरलाई मानब्तामाथि बिश्वास हरायो र उस्ले चासो बहादुरसँग ठाउँको ठाउँ आफ्नो मित्रता त्याग्नु नै जायज लाग्यो।

त्यो विश्वासघाती घटना पछी Fake It Nepal सँग कुरा गर्दै फेस्बूक बहादुरले भने, "दुनियामा करोड मान्छेहरु छन जो छड्के नजर ले पास्वर्ड हेर्ने गर्छन्, त्यो सालाले त्यसरी नि हेर्न सक्थ्यो! तर त्यो त आँखा ठुलो-ठुलो गरी हेर्दैथ्यो, मैले आफ्नो टाउको घुमाएर नि तेस्लाई हेरे ताकी तेस्ले मेरो इसरा बुझोस्, तर तेस्लाई केहि पनि अशर भएन।”

"आज सम्मको रेकोर्ड हो ब्रो! जब कसैले पास्वर्ड टाईप गर्छ, टाउको अर्को तिर गर्नु परको कुरा , म त त्याबाट उठेर हिड्छु र एताउता जान्छु, जब इसरा पाउछु अनि मात्र फर्केर आउछु । यो नियम आजको मात्र हैन, यो नियम साइबर क्याफे जाने बेला देखिको हो ।" फेस्बूक बहादुरले आफ्नो वफ़ादारीको तारिफ गर्दै भने ।

यो घटनापछी, देशभरिको नागरिक सोशल मीडियामा चासो बहादुरलाई गाली गरिहेको छन्। अब कोही पनि साथी उस्लाई आफ्नो साईडमा बसाउन चाहदैनन्। ट्विटरमा पनि बिहानदेखी #DhokebaajSathi र #PasswordChor ट्रेंड गरिरहेको अवस्था छ ।    

#FakeItNepal

Comments

Popular posts from this blog

Water Conservation Drive: Nepal Government asks its citizens to celebrate Holi with Microsoft Paint

Self-Proclaimed Activist tries to erase “PUSH” signage of Bank’s entrance to change it to “FALGUN”; rudely beaten up by the security

Fake It Nepal Breaks Record After Inviting 900 People On Page Invite; Says The Number Is More Than The People He Invited On His Wedding