नेपालगन्जमा बाक्लो हुसु-कुहिरोको कारण मॉर्निंग वॉक गर्ने युवा बिजुली पोलसँग ठोक्किएर घाइते, पोलको अवस्था चिन्तामुक्त

१५, जन २०१८

नेपालगन्ज निवासी २५ वर्षको भगुवा बहादुर बिहान सबेरै उठेर मर्निङ वाकमा जान सिपालु छन्। जति जाडो मौसम भएपनि उनको जिद्दीको अगाडि कसैको केही लाग्दैन, यही कारणले गर्दा आज बिहान गरे ब्यापक हुसु-कुहिरो
को बावजूद पनि कुद्न को लागि निस्किए महेन्द्र पार्कतर्फ। कानमा एरफोन, KTM CITYको ट्र्याक सुट Goldstarको जुता लगाएर निस्केको भगुवा बहादुर बिजुलीको पोलमा ठोक्किएपछि महेन्द्र पार्क पुग्न पाएनन्।

त्यस घटनापछि गरिएको अनुसन्धानबाट खुल्न आएको जानकारी यो कि घटनाको मुख्य कारण "बाक्लो कुहिरो" "एरफोन" को डेड्ली कम्बिनेशन रहेको थियो। यसै पनि बाक्लो कुहिरो लागेको बेला भिजिबिलिटी कम हुन्छ एरफोनमा बज्दै गरेको "कृ" चलचित्रको हालै भाइरल भएको "एति एति पानी" बोलको गीतमा बढी उनको ध्यान भएकोले उनी ठोक्किन पुगे बिजुलीको पोलमा। यद्यपी घटनाको बेला उनी कुन गीत सुन्दै थिए भन्ने अवस्थामा फेक इट नेपाल छैन।

यस घटना पछि फेरि अर्को घटना घटेको थियो भगुवा बहादुर बिजुलीको पोलमा ठोक्किएपछि आवाज आयो त्यसपछि वरिपरिका मानिसहरु पोल तिर दौडिएर गए। भगुवा बहादुरलाई मद्दत गर्नुको सट्टा मानिसहरू एकआपसमा झगडा गरे कि उनी पोलमा ठोक्किएपछि आवाज "टन्न" गरेर आयो कि "भन्न" गरेर। एक घण्टाको झगडा परेपछि सबै जना यो निस्कर्षमा पुगे कि ब्याकग्राउन्ड आवाज "टन्न" गरेर आएको थियो। त्यस घटनापछि मात्र भगुवा बहादुरलाई मद्दत गरियो।

घटनाको जानकारी प्राप्त भएको दुई घण्टा पछि नेपालगन्ज उपमहानगरपालिका अधिकृत घटनास्थलमा पुगेर बिजुलीको पोलको अवस्था बुझेर पोल अझै १० बर्ष सम्म हरेक जाडो मौसममा भगुवा बहादुरजस्तो युवा सँग ठोक्किने जान्कारी दिए।

भगुवा बहादुरलाई फेक इट नेपालले लिएको अन्तर्वार्तामा ठोक्किएको टाउकोमा मलम लगाउँदै भने, " अब बिहान सबेरै उठेर मर्निङ वाक जान्छु कानमा एरफोन लगाउँछु।"


फेक इट नेपाल भगुवा बहादुरको सुस्वास्थ्यको कामना गर्दै नेपालगन्ज लगायत देशका सबै जनतालाई जाडो मौसममा न्यानो भएर बस्न बाक्लो कुहिरोमा होस् पुगाएर हिडडुल गर्न आह्वान गछौँ।

Comments

Popular posts from this blog

Water Conservation Drive: Nepal Government asks its citizens to celebrate Holi with Microsoft Paint

Self-Proclaimed Activist tries to erase “PUSH” signage of Bank’s entrance to change it to “FALGUN”; rudely beaten up by the security

Fake It Nepal Breaks Record After Inviting 900 People On Page Invite; Says The Number Is More Than The People He Invited On His Wedding