फेस्बुक र इन्स्टाग्रामको भरमा टिकेको छ पर्यटन उद्योग, फोटो राख्नको लागि घुम्न जान्छन् आदि पर्यटकहरू

१५, जन २०१८ By फेक इट नेपाल

पोखरा. पछिल्लो केही समययता दुनियामा मानिसलाई घुम्ने सौख बढ्दो क्रममा खासगरी नेपालीहरुलाई! फेस्बुकले यो सम्बन्धमा एक आश्चर्य चकित विवरण खुलासा गरेको छ। फेसबुकको सीइओ मार्क जुकरबर्गको भनाइ अनुसार दुनियामा आदि पर्यटकहरू घुम्न जान्छन् किन कि उनिहरु फेस्बुक इन्स्टाग्राममा आफ्नो टुरको फोटो अपलोड गरेर अरुलाई देखाउन/जिस्काउन चाहन्छन्।

जुकरबर्गको अनुसार, फेसबुकमा हरेक दिन करोड भन्दा बढी फोटो अपलोड हुन्छन् त्यस मध्ये आदि घुम्ने-फिर्नेको हुन्छन्। त्यस मध्ये महिला को सँख्या बढी छ।यदि फोटो राख्न फेसबुक इन्स्टाग्राम नहुने भए मानिसहरू जिन्दगिमा कहिले घुम्न जादैनन्!

फेसबुकको सर्वेक्षणमा उल्लेख गरिएको कि कोही मानिस कुनै ठाउँमा घुमेर आउछन् भने त्यसको एक हफ्ता भित्र उसको छिमेकी अथवा नातेदार कहि कहि घुम्ने प्लान बनाउछन्। केही दिन अघि काठमाडौं निवासी लखर्नी कुमारी एक हफ्ता पोखरा घुमेर आइन् घुमेर मात्र आएको भए केही फरक पर्दैन थियो तर सिमाना त्यो बेला कट्यो जब उनले फेसबुकमा आफ्नो टुरको फोटो अपलोड गरिन् त्यो पनि दुई चार वटा हैन पुरै दुई सय वटा! सबै को सबै फरक फरक ठाउँमा लुगामा!

यो देखेर लखर्नी कुमारी की छिमेकी ईर्ष्यालु देवीले आफ्नो बुढालाई बन्दिपुर घुम्न जानको लागि कर गरिन् उनको जिद्दिको अगाडि बुढाको नि केही लागेन उनीहरू अर्को हफ्ता घुम्न जाने ४०० वटा फोटो अपलोड गरेर देखाउने विचार गरे।


यही क्रममा फेसबुक इन्स्टाग्रामले गर्दा पर्यटन विकासमा ठोस योगदान पुर्याएको आउने दिनहरुमा नि पुर्याउने विश्वास फेक इट नेपालले लिएको छ।

#FakeItNepal

Comments

Popular posts from this blog

Self-Proclaimed Activist tries to erase “PUSH” signage of Bank’s entrance to change it to “FALGUN”; rudely beaten up by the security

Banks delight customers by giving “Rose Loans” for celebrating Valentine’s Day

Taxi Driver Gives Free Ride To Banker After Seeing His Salary Slip