फेस्बुक र इन्स्टाग्रामको भरमा टिकेको छ पर्यटन उद्योग, फोटो राख्नको लागि घुम्न जान्छन् आदि पर्यटकहरू

१५, जन २०१८ By फेक इट नेपाल

पोखरा. पछिल्लो केही समययता दुनियामा मानिसलाई घुम्ने सौख बढ्दो क्रममा छ खासगरी नेपालीहरुलाई! फेस्बुकले यो सम्बन्धमा एक आश्चर्य चकित विवरण खुलासा गरेको छ। फेसबुकको सीइओ मार्क जुकरबर्गको भनाइ अनुसार दुनियामा आदि पर्यटकहरू घुम्न जान्छन् किन कि उनिहरु फेस्बुक र इन्स्टाग्राममा आफ्नो टुरको फोटो अपलोड गरेर अरुलाई देखाउन/जिस्काउन चाहन्छन्।

जुकरबर्गको अनुसार, फेसबुकमा हरेक दिन करोड भन्दा बढी फोटो अपलोड हुन्छन् र त्यस मध्ये आदि घुम्ने-फिर्नेको हुन्छन्। र त्यस मध्ये महिला को सँख्या बढी छ। “यदि फोटो राख्न फेसबुक र इन्स्टाग्राम नहुने भए मानिसहरू जिन्दगिमा कहिले घुम्न जादैनन्!

फेसबुकको सर्वेक्षणमा उल्लेख गरिएको छ कि कोही मानिस कुनै ठाउँमा घुमेर आउछन् भने त्यसको एक हफ्ता भित्र उसको छिमेकी अथवा नातेदार कहि न कहि घुम्ने प्लान बनाउछन्। केही दिन अघि काठमाडौं निवासी लखर्नी कुमारी एक हफ्ता पोखरा घुमेर आइन् । घुमेर मात्र आएको भए केही फरक पर्दैन थियो तर सिमाना त त्यो बेला कट्यो जब उनले फेसबुकमा आफ्नो टुरको फोटो अपलोड गरिन् त्यो पनि दुई चार वटा हैन पुरै दुई सय वटा! सबै को सबै फरक फरक ठाउँमा र लुगामा!

यो देखेर लखर्नी कुमारी की छिमेकी ईर्ष्यालु देवीले आफ्नो बुढालाई बन्दिपुर घुम्न जानको लागि कर गरिन् र उनको जिद्दिको अगाडि बुढाको नि केही लागेन र उनीहरू अर्को हफ्ता घुम्न जाने र ४०० वटा फोटो अपलोड गरेर देखाउने विचार गरे।


यही क्रममा फेसबुक र इन्स्टाग्रामले गर्दा पर्यटन विकासमा ठोस योगदान पुर्याएको छ र आउने दिनहरुमा नि पुर्याउने विश्वास फेक इट नेपालले लिएको छ।

#FakeItNepal

Comments

Popular posts from this blog

नेपालगन्जमा बाक्लो हुसु-कुहिरोको कारण मॉर्निंग वॉक गर्ने युवा बिजुली पोलसँग ठोक्किएर घाइते, पोलको अवस्था चिन्तामुक्त

Facebook मा Meme (मीम) मा टयाग गर्दा लाग्ने छ Tax, युवायुवतीमा आक्रोश

Self-Proclaimed Activist tries to erase “PUSH” signage of Bank’s entrance to change it to “FALGUN”; rudely beaten up by the security