Facebook मा Meme (मीम) मा टयाग गर्दा लाग्ने छ Tax, युवायुवतीमा आक्रोश


09, Jan 2018 By Fake It Nepal

काठमाडौँ. 'Crush Stalking Tax (CST)' पछि अब एउटा नया Taxको खबरले पुरा देश शोकमा डुबेको छ, खासगरी युवायुवती, कारण हो सरकारले अब देखि Facebookमा मीम मा टयाग गर्दा लाग्ने Tax जसलाई ‘Meme Tag Tax’ (MTT) भनिएको छ l यद्यपि, कति मान्छे
हरु ‘मीम’ लाई ‘मेमे’ भन्न रुचाउछन् किन कि जुन मजा मेमेमा छ त्यो मीममा छैन l
Facebook मा Eklo Kto Moh नाम भएका युवा जो एकदमै एक्लो छन् वहाको भनाइ यो छ कि "माया मा भएका Couple हरेक दिन Couple Goal पोस्ट्स मा एकअर्कालाई टयाग गर्दै हुन्छन, हरेक पुरानो Crush अहिले बिहे गरेर फोटो अपडेट गर्छन-'World's Best Husband', कसरि ब्रो? तेसैले Facebook खोल्ने बितिकै हामी जस्तोलाई डिप्रेशनको फीलिंग आउछ l एस्तो परिस्थतिमा हामी मीमको सहारा पाउछौ l हामी जस्तो बोका र एक्लो केटाहरु जसको अघिपछि केटिहरु नि आउदैनन, हामीले एकअर्कालाई टयाग गर्न सुरु भयो, साथीले एउटा मा गर्यों भने म दुइटा मा गर्दिन्थ्ये र यसरी धेरै समय रमाइलो चलिरहयो" भन्दै Eklo Kto Moh यादमा हराउनुभयो।
"जिन्दगिको असली खुसि मीमले दिरहेको अवस्था थियो, कसैको बिहेको फोटो-वोटोमा हामीलाई केहि रुचि थिएन, हामी मीम मा एति गहिराईमा डुबिसकेको छौ कि त्यै बिहेको फोटोमा हामी मीम बनाउने गर्थ्यो, अब यो देश मा बस्ने बातावरण नै भएन, पहिला Crush Stalking Tax (CST) लगायो अब अहिले आएर Meme Tag Tax! कहा जाने हामी जस्तो मान्छेहरु!" Eklo Kto Moh टेबललाई लातले हान्दै भने।
यसै दौरानमा उसलाई Facebookमा टयाग भएको Notification आयो र उ “A memester always tags back” भनेर टयाग गर्न भाग्यो । केहि सुत्रलाई मान्ने हो भने हामीलाई यो पनि पता लागेको छ कि Meme Tag Tax को कुरा सरकारले मीम लवर्सलाई ट्रोल गर्न मात्र झुठो-मुठोको अफवाह फैलाएको हो।

Comments

Popular posts from this blog

Self-Proclaimed Activist tries to erase “PUSH” signage of Bank’s entrance to change it to “FALGUN”; rudely beaten up by the security

Kathmandu based girl becomes Food Blogger after finding mashed potato inside Pani Puri

Valentine Week: Decoded by Fake It Nepal