‌“Sent from my iPhone” को सट्टा “Sent from my Intex” देखेर केटीले तोडिन् आफ्नो विवाह

20 Jan 2018 By फेक इट नेपाल

पोखरा. बेलायतमा बसोबास रहेको २५ बर्षकी iPhone कुमारी विवाह गर्न पोखरा आएकी थिइन्। उनको परिवारमा विवाहको कुराले रौनक छाएको थियो तर एकाएक त्यो रौनक निरासामा परिणत भयो जब iPhone कुमारीले सहमत गरिएको विवाह नगर्ने आह्वान गरिन्। विवाह नगर्ने पछि हटेको कारण एउटा मेसेज रहेको बताइन्छ।

छिमेकीबाट प्राप्त जानकारी अनुसार iPhone कुमारीको विवाह बुटवलमा मोबाइल ब्यापार गर्ने Mobile बहादुरसँग तय भएको थियो। हिजो राती Mobile बहादुरले मायाले भरिएको मेसेज पठाएका थिए। मेसेजको अन्तिम भागमा “Sent from my Intex” देख्नासाथ iPhone कुमारीको हातबाट Mobile खस्यो उनी चक्कर लागेर लड्न पुगिन्।

उनी बजारिए पछि घरमा हल्ला-खल्ला मच्चियो। धेरै मिहिनेत गरेर उनलाई होसमा ल्याइएको थियो। होसमा आउने बित्तिकै उनले फेरी सुनाइन् “Micromax भएको भएपनि ठिक थियो सहन सक्थे। बट... 'Intex!' माई गड!” भनेर फेरि बेहोस भइन्।

iPhone कुमारी फेरि होसमा आएपछि Mobile बहादुरसँग विवाह नगर्ने निर्णय गरिन्। उनकी आमाले पनिजे भयो राम्रो नै भयो नत्र मेरो छोरी त्यो Intex वाला सँग कसरी बस्थ्यो होला” iPhone कुमारीको टाउको सुम्सुम्याउदै भनिन्। यो घटना पस्चात पोखराबासी Mobile बहादुरलाई थू-थू गर्दैछन्।

उता बुटवलमा ब्यापार गर्ने Mobile बहादुर फेक इट नेपाललाई भन्छन्खासगरी मेरो iPhoneको ब्याट्री डाउन भएको थियो बाध्यता भएरै मैले spare phone बाट मेसेज गरेको थिएँ, iPhone कुमारी फेरि विवाह गर्न तयार हुन्, अब देखि जे गर्छु iPhone बाट नै गर्छु।


Comments

Popular posts from this blog

नेपालगन्जमा बाक्लो हुसु-कुहिरोको कारण मॉर्निंग वॉक गर्ने युवा बिजुली पोलसँग ठोक्किएर घाइते, पोलको अवस्था चिन्तामुक्त

Facebook मा Meme (मीम) मा टयाग गर्दा लाग्ने छ Tax, युवायुवतीमा आक्रोश

Self-Proclaimed Activist tries to erase “PUSH” signage of Bank’s entrance to change it to “FALGUN”; rudely beaten up by the security